नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहको ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

आम सर्वसाधरणले भने यस पटकको लिलामीमा सेयर खरिद गर्न पाउने छैनन् । संस्थापक सेयरधनीबाट उक्त सेयर बिक्री नभएको खण्डमा सर्वसाधाणको लागि खुला गरिने छ । सेयर खरिद चाहनेले आज (भदौ ८) गतेदेखि ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।