नयाँ टेलिभिजन रियालिटी शो “सद्गमय” प्रशारणमा आउँदै


रियालटी शो प्रशारणको श्रृङ्खला बढि रहेका बेला एउटा नयाँ कार्यक्रमको प्रशारण सुरु हुने भएको छ । समाजमा लुकेका कथाहरूको संगालो आवाज विहीनहरूको आवाजलाई मुल धारमा ल्याउने प्रयासस्वरूप “सद्गमय” टेलिभिजन रियालिटी शो प्रशारणमा आउन लागेको हो ।

कार्यक्रमका निर्देशक सुरेश पौडेलका अनुसार कुल २८ एपिसोडको उक्त कार्यक्रम एपी वान एचडीबाट प्रशारण हुनेछ । उनका अनुसार २८ मध्ये २६ एपिसोडमा समाजमा लुकेर बसेका कथाहरूको प्रस्तुति रहेन छ । प्रारम्भिक एपिसोड र अन्त्यमा समीक्षा र निष्कर्ष २८ हप्तासम्म यो कार्यक्रम टेलिभिजनमा हेर्न सकिने उनले बताए । २६ एपिसोडका लागि विभिन्न कथाहरू अनुसन्धानमा आधारित रहेर तयार गरी प्रशारण गरिनेछ । जसमा वैदेशिक रोजगार र यसले निम्त्याएको भयावह सामाजिक विग्रहको कथा, कृषिमा देखिएका समस्याहरू, शैक्षिक वर्गीय विभेद, नागरिक उड्डयन र प्लेन दुर्घटनाको अध्ययन, बैंक र सहकारीका समस्याहरू विभिन्न एपिसोडमा प्रशारण हुनेछ ।

त्यसैगरी सडक मानवका कथा, फोहोर व्यवस्थापनका चुनौती र समाधानका विषय, सामाजिक संजालको दुरुपयोग र यसले समाजमा पारेको नकरात्मक असर, नर्सिङ क्षेत्रमा देखिएको विभेद, नेपाली खेलकुद र खेलाडीका समस्यालाई पनि कार्यक्रमले उजागर गर्नेछ । मृगौलाको अवैधानिक व्यापार, भ्रष्टाचारले भत्काएका सुशासनका पर्खाल, कानुनले रोक्न नसकेको बालबिबाह, द्वन्द्वका घाउहरूले गिज्याइ रहेको नेपाली राजनीति, बुढेसकालमा असहाय बन्दै चौपाया, सडकको दूरावस्था, वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिले पाउने रगतको मुल्यमा अनियमतिततालाई पनि वास्तविकतामा आधारित रहेर प्रशारण गरिने राजधानीमा आयेनित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

व्यवस्थापनको अभावमा पर्यटन क्षेत्रको दुर्दशा, नेपालमा लैंगिक तथा अल्पसंख्यकको अवस्था, वादी महिलाका समस्या र चुनौती, महिला शशक्तिकरण, असहाय व्यक्तिहरू, दूरसंचार, भुकम्पमा सम्पदा, लागू औषध, औधोगिक क्षेत्रको दूरावस्था जस्ता शीर्षक पनि छनोट गरिएको निर्माण पक्षले जनाएको छ ।

कार्यक्रम एपी वान एचडी टेलिभिजन मार्फत हरेक बिहीबार साँझ ८ः३० बजे प्रशारण हुनेछ भने पटक पुनः प्रशारण हुनेछ । युट्यूव पार्टनरको रूपमा रहेको मिडिया हवले आफ्नो १० लाखभन्दा बढी सदस्य संख्या भएको युट्यूव च्यानबाट यो शो को प्रशारण गर्नेछ ।

कार्यक्रमको निर्देशन सुरेश पौडेलले गर्नेछन् । रियालिटी शो नेपाल आइडल सिजन एक देखि चारसम्म निर्देशन गरिसकेका पौडेलले टेलिभिज क्षेत्रमा २५ वर्ष बिताईसकेका छन् ।

कार्यक्रमलाई युवा संघका पुर्वअध्यक्ष तथा खेलकुद महासंघ नेपालका पुर्वअध्यक्ष रमेश पौडेलले प्रस्तुत गर्नेछन् । कार्यक्रम प्रस्तोता पौडेल नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् ।
कार्यक्रमको बजार व्यवस्थापन मिडिया हव र संस्कृति एड्भरटाइजिङले गर्नेछन् भने निर्माण सहायकको रूपमा फिल्कर आर्टले काम गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।