नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिकी गर्दै


नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ८८ हजार ९९९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको छ । आम सर्वसाधारणले यस पटक सेयर खरिद गर्न नपाउने बैंकले जनाएको छ ।

सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीले आज भदौ १० गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर चितवनमा आवेदन दिनु पर्ने छ । ३५ दिन भित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।