बरुण हाइड्रोलाई शतप्रतिशत हकप्रद बेच्न आयोगको अनुमति


अघिल्लो पटक प्रकृया पुरा नगेरका कारण हकप्रद निष्काशनबाट पछि हटेको बरुण हाइड्रोलाई जिद्युत नियमन आयोगले यस पटक हकप्रदको स्वीकृति दिएको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी स्वीकृतिका लागि आयोग पुगेको थियो । उक्त आवेदनलाई आयोगले अनुमति दिएसँगै अब कम्पनीले धितोपत्र बोर्डतर्फको प्रकृया अघि बढाउने भएको छ ।

२०८० असार १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले यस अघि २०७५ जेठ २२ गते १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । तर विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति नदिएपछि बोर्डले कम्पनीको निवेदन खारेज गरिदिएको थियो ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ ।

कम्पनीले २०८० असार २७ गते विशेष साधारण सभाबाट शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।