सोनापुरको आइपीओमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिनुपर्ने, स्थानियको लागि समय थप


सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा निष्काशन गरेको आईपीओेमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिनु पर्ने छ भने स्थानियको लागि समय थप गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाले भदौ २६ गतेसम्म आवेदन दिन पाउने छन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजीको ४० प्रतिशत अर्थात् कुल १ करोड २३ लाख २ सय कित्ता सेयर मध्ये १५ लाख ३७ हजार ५२५ कित्ता उद्योग प्रभावित क्षेत्र र १० लाख ७६ हजार २६८ कित्ता वैदेशिक रोजगारीमा रहेका मानिसहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँड गरेपछि सर्वसाधरणलाई जारी गर्नेछ । कम्पनीले स्थानीयलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम बापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले सेयर निष्काशन गरेको थियो ।

उद्योग प्रभावित क्षेत्रको आइपीओमा दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले कम्पनीको आइपीओमा आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा आयोजना प्रभावित स्थानिय बासिन्दाले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै वेदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० तथा अधिकतममा १० लाख ७६ हजार २६८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली मार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयरको मोबाइल एप तथा वेवसाइटबाट अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।