सिटिजन्स बैंक कोल्हुवा शाखाद्वारा कम्पोस्ट बिन बितरण


सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कोल्हुवा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, मध्यबिन्दु २ नवलपुरलाई १३ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ ।

बैंकले एक समारोहका बिच कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाई सो सामाग्री हस्तान्तरण गरको हो । कम्पोस्ट बिनको प्रयोगले उपभोक्तका भान्छाघरमा प्रयोग भएका दैनिक उपभोग्य बस्तुहरु बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्दछ । कम्पोस्ट बिनको प्रयोगद्वारा जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्यान्डफिल क्षमताहरूमा भार कम गर्ने विश्वास बैंकले लिएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तारित काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ३७ हजारभन्दा बढीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।