सेल्सवेरीमा म्याजिक मनसुन अफर


सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले म्याजिक मनसुन अफर ल्याएको छ । भदौ १ बाट लागु भएको यो अफर भदौ महिनाभर चल्नेछ । सेल्सवेरीमा सपिङ गर्ने ग्राहकले अफर अन्तर्गत भारी छूट प्राप्त गर्ने जनाइएको छ ।

रक्षा बन्दन, गाइजात्रा, कुशे औशी र तीजको अवसरलाई लक्षित गरेर अफर ल्याइएको सेल्सवेरीले जनाएको छ । घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक छुट प्रदान भइरहेको सेल्सवेरीले जनाएको छ । यो अफर सेल्सवेरीका काठमाडौँ उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ । दैनिक उपभोगका हरेक समानहरु सहुलियत दर मा प्राप्त गर्न सकिने मन्सून अफर अन्तरगत वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशतसम्मको छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोगमा समेत सेल्सवेरीमा विशेष छूट प्रदान गरिएको छ । १० प्रतिशत वा नगद ३ सय रुपैयाँ छुट प्रदान हुने सेल्सवेरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।