मुक्तिनाथ रेमिटको रेमिट्यान्स अभियानका विजेताहरुलाई विभिन्न ७६ पुुुरस्कार वितरण

0
Shares

मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी गत भाद्र १ गतेदेखि कार्तिक ३० गतेसम्म लागूहुने गरी सञ्चालन गरेको रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानका भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरेको छ ।

यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनुहुने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिनुहुने सम्पुर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको हो ।

७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुटुथ स्पिकर, २० जनालाई प्रेशर कुकर, १५ जनालाई स्मार्ट मोबाइल, ७ जनालाई ३२ ईन्चको स्मार्ट एचडि टिभि, ५ जनालाई २०० लिटरको फ्रिज, ३ जनालाई ल्यापटप र एक जनालाई स्कुटी वितरण गरिएको छ । भाग्यशाली विजेताहरुको घोषणा २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको फेसबुक पेज मार्फत लाइभ गरिएको थियो ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताए ।