शिवम सिमेन्टको विद्युत लाइन नकाटिने भएपछि शेयरको भाउ बढ्यो

0
Shares

शिवम सिमेन्टको विद्युत लाइन नकाटिने भएपछि शेयर बजारमा यस कम्पनीको भाउ बढेको छ । आइतबारको बजारमा शिवमको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ ।

सर्वोच्चले विद्युत महसुल निर्धारण आयोगले अनुमोदन गरेको प्रिमियम शुल्कसहितको महसुल शिवम सिमेन्टबाट असुल गर्नु गराउनु भनी प्राधिकरणलाई परमादेशको आदेश जारी गरेको भएपनि उद्योग मन्त्रालयले उर्जा मन्त्रालय मार्फत विद्युत प्राधिकरणलाई शिवम सिमेन्टको विद्युत लाइन नकाटन निर्देशन दिएको थियो ।

शिवम सिमेन्टको विद्युत लाइन नकाट्न मन्त्रालयको निर्देशन

शिवम सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई १ अर्ब ६० करोड रुपैंया ब९ी रकम विद्युत महसुल तिर्न बाँकी छ । प्राधिकरणको हेटौंडा वितरण केन्द्रले १८ मंसिर २०७२ मा २०७२ साउन देखि मंसिरसम्मको खपत गरेको विद्युतको छुट युनिट शुल्क भन्दै विल तिर्न पत्राचार गरेपछि त्यसको विरुद्धमा उद्योग सर्वोच्च अदालत गएको थियो ।

आइतबारको बजारमा शिवम सिमेन्टको शेयर मूल्य सबैभन्दा उच्चदरले बढेको छ भने सबैभन्दा धेरै कारोबार समेत भएको छ ।

कम्पनीको शेयर मूल्य ९.७६ प्रतिशत अर्थात ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४१६ रुपैयाँ पुगेको छ । यसदिन शिवमको एक लाख १८ हजार कित्ता हजार शेयर चार करोड ७६ लाख रुपैयाँ बराबरमा किनबेच भयो ।

आइतबार नेप्से सूचक १.१७ अंकले बढेर ११५०.८१ विन्दुमा पुगेको छ । बजारमा कारोबारमा आएका ६ समूहका सूचक बढेका छ भने ६ समूहकै सूचक घटेका छन्। यसदिन १६७ कम्पनीको ३७ करोड ४४ लाख बराबरको शेयर किनबेच भयो । गत विहीबारको तुलनामा कारोबार रकम तीन करोड कम हो ।

यसदिन पाँचथर पावरको शेयरमूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेका छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयरमूल्य नौ प्रतिशत बढीले घटेको छ ।