गरिमा विकास बैंकको धादिङ्गवेशी शाखाले थाल्यो औपचारिक कारोबार

0
Shares

गरिमा विकास बैंकले पौष ६ गते आईतबारदेखि निलकण्ठ नगरपालिका वडा नं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले गरे । उक्त शाखा विस्तारले धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पूँजी उपलब्ध गराई त्यस क्षेत्रको औधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बैंकको विश्वास छ ।

बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

विकास बैंकले २०७६ पौष ५ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।