सन नेपाल लाइफको आईपीओ बाँडफाँडको नतिजा यसरी हेर्नुहोस्

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्सको शुक्रबार भएको सेयर बाँडफाँडमा ७ लाख ६८ हजारले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । कुल १४ लाख ६६ हजार ८६२ जनाको आवेदन परेकामा ६ हजार ८०१ जनाले गरेको आवेदन भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार आईपीओको बाँडफाँडको नतिजा प्रकाशित भइसकेको छ । नतिजा विभिन्न चार स्थानबाट नतिजा हेर्न सकिनेछ ।

१. सिडीएससीले आईपीओ हेर्नकै लागि सञ्चालनमा ल्याएको वेवसाइट
२. बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको वेवसाइट
३. मेरो सेयर मोबाइल एप तथा वेवसाइटबाट एप्लीकेशन रिर्पोट मार्फत
४. सेयर निष्कासनकर्ता कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स

लगानीकर्ताले आफ्नो १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर र सेयर निष्कासनकर्ता कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छनौट गरेर आईपीओ परे नपरेको हेर्न सक्नेछन् । साथै मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर नतिजा हेर्न सकिने छ ।

आईपीओ नतिजा हेर्नका लागि मेरो सेयरको वेबसाइटबाट आफूले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

सन नेपाल लाइफको आईपीओमा ६ हजार ८०० बढी आवेदन रद्द

सन नेपाल लाइफको आइपीओ बाँडफाँड, कतिले पाए ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।