नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा आईसीएफसी फाइनान्सका अमित श्रेष्ठ नियुक्त


नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा आईसीएफसी फाइनान्सको डेपुटी सिइओ अमित श्रेष्ठ नियुक्त भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट श्रेष्ठलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पद रिक्त थियो ।
अमित श्रेष्ठ विभिन्न वाणिज्य बैंक तथा फाइनान्स कम्पनीहरुमा विगत २१ वर्षदेखि सक्रिय छन् ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी सात जनाको प्रतिनिधि रहने व्यवस्था छ ।

क्लियरिङ हाउसले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।