तयार हुँदैछ बानेश्वरमा ‘राइट टर्निङ होल्डिङ जोन’

0
Shares

काठमाडौं र आसपास क्षेत्रमा हुने जाम आम मानिस ले दिनहुँ भोग्ने सास्ती हो । बढ्दो सावरी चाप र भिआइपीका नाममा हुने सवारीले जनतालाई थप सास्ती प्रदान गर्दै आएको छ । यहीँ समस्या समाधान गर्न विभिन्न उपायहरू गरिँदै आइएको छ ।

यस्तै जामको समस्या भोग्नु पर्ने ठाउँ मध्ये को एक हो नयाँ बानेश्वर चोक । यो चोक काठमाडौं को धेरै जाम हुने चोकहरू मध्ये एक हो। यही समस्या समाधान गर्नको लागी अहिले नयाँ योजना सञ्चालन भइरहेको छ ।

काठमाडौं का व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । यो योजना परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु गरिएको हो ।

सडक विभागका अनुसार माइतीघर–तीनकुने सडकखण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण भैरहेको छ ।

जापानी सहयोग नियोग जाइकाको सहयोग मा सवारी जाम घटाउन नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा पश्चिममा यस जोनको निर्माण भइरहेको छ।

सुरुको चरणमा दुबै तर्फका रुखहरु काटेर अहिले निर्माण कार्य अगाडि बढिरहेको छ । दिउँसो को समयमा सडक व्यस्त हुने भएकोले रातिको समयमा निर्माण कार्य भइरहेको सडक विभागले जानकारी दिएको छ । यो योजनाको निर्माण अवधि यहि सेप्टेम्बर अन्त्यमा सक्ने सहित काम भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।