दराजले सुरु गर्यो ‘लाइक न्यु’, ‘सेकेण्ड ह्याण्ड’ फोन खरिद बिक्री गर्न सकिने


नेपालको अग्रणी अनलाइन मार्केट दराज नेपालले आफ्नो नयाँ उद्यम ूदराज लाइक न्यूू को सुरुवात गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच दराजले उक्त कार्यक्रमको घोषणा गरेको हो ।

स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मुल ध्येयका साथ दराजले यो नयाँ उद्यम सुरुवात गरेको हो । प्रयोग गरिएका फोनहरू विक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँने जनाएको छ ।

दराज लाइक न्यू ले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउँने विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा ज्योति गिरीले दराज र दराज लाइक न्यूलाई ई–वेस्ट न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको प्रशंसा गरेका थिए । दराज लाइक न्यूको लागि दराज प्लेटफर्ममा विक्रेता तथा “सबको फोन” का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको विक्री वितरणमा ढाढस पुग्ने भन्दै प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे ।

पारदर्शिता र कार्य सम्पादन सम्बन्धि विषयमा दराज लाइक न्यूले प्रयोग गरिएको फोनहरु प्रदान गर्ने मात्र भन्दा पनि ग्राहक हरुको लगानीमा पारदर्शिता प्रदान गर्नको लागि भ्याट बिल पनि उपलब्ध गराउनेछ ।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्याउन पनि परिवर्तनको पहल गर्न दराज सधैं अगाडि रहेको बताइन् । “हामीले हाम्रो प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरैभन्दा धेरै मानिसहरूलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौ,्र” उनले भनिन् ।

दराज लाइक न्युले प्रविधि तथा उपकरणको बजारमा नयाँ परिर्वतन, गुणस्तर, र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । ग्राहकहरुलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउँदै उनीहरुमाझ यसको विश्वास र सन्तुष्टि जगाउने निश्चित रहेको कम्पनीको विश्वास छ । यही पहलमार्फत दराज नेपालले उपकरण बजारमा गुणस्तरीय, किफायती, र दिगो उन्नतीतर्फ अग्रसर गराउने योजना तयार गरेको दाबी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।