फोनपे क्रसबोर्डर भुक्तानी सेवाको तयारीमा

0
Shares

भुक्तानी सेवा सञ्चालक–फोनपेले नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई)को अन्तर्राष्ट्रिय शाखा एनआईपीयलसँगको सहकार्यमा क्युआर मार्फत क्रस–बोर्डर सेवाको सुरुवात गर्ने तयारी गरेको छ ।

फोनपे र एनआईपीयल बीचको यस सहकार्यले नेपाल र भारतका लाखौं नागरिकहरूलाई फोनपे र एनआईपीयलको नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्युआरकोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेछ ।

उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ । प्राविधिक एकीकरणको समाप्ति पछि यी दुई कम्पनीहरू, आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन् । यससँगै लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन् । दुई कम्पनी बीचको यस साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि कोशेढुङ्गाको रुपमा साबित हुनेछ ।

फोनपे र एनआईपीयलबीचको सहकार्यमा विकास भएको क्रस–बोर्डर क्युआर भुक्तानी सेवाले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउने फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताए।

यस्तै फोनपे सँगको साझेदारीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक बन्ने एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडले जनाएको छ । युपिआई एप्सले सहज क्रस बोर्डर भुक्तानीलाई सक्षम पार्नुका साथै मानिसहरूको कारोबारलाई थप सहज बनाउने एनपीसीआइको विश्वास रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।