टेलिकमले ल्यायो तीजमा टिकटक च्यालेन्ज,नगद र अन्य पुरस्कारको व्यवस्था

0
Shares

नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ। नेपाल टेलिकमको आधिकारिक टिकटक अकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिनेछ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ। सो च्यालेन्ज भदौ २४ गतेदेखि प्रारम्भ भएको छ र आगामी असोज ७ गतेसम्म सहभागी हुन सकिनेछ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ। यसअनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन्।

त्यसैगरी सान्त्वना पुरस्कारका रुपमा १० जना सहभागीलाई रु.५०० को टप अप प्रदान गरिनेछ।

नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिनसमेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो। यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ भदौ २०८०, सोमबार  १४ : ३५ बजे