‘नाडा अटो शो’ को धमाधम तयारी (फोटो फिचर)

0
Shares

भोलिदेखि सुरु हुन लागेको ‘नाडा अटो शो’ को तयारी यतिबेला भृकुटीमण्डपमा धमाधम हुँदै छ । तीन वर्षपछि हुन लागेको ‘नाडा अटो शो’ मा आफ्नो आफ्नो ब्रान्ड का स्टल को सजावटमा जुटेका छन् ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने उक्त सवारी मेलामा यसपाली दर्जनौं नयाँ मोडलका इभी सहभागी हुँदैछन् भने इन्धन सवारी साधनको नयाँ मोडल कमै मात्रै देखिनेछन् ।

१५ औं संस्करणको नाडा अटो शो २०२३ यही भदौ २६ देखि ३१ गतेसम्म चल्ने छ ।

यसैगरी, यो पटक पार्किङ बाहिर अन्य क्षेत्रमा गर्ने व्यवस्था गरिएको र प्रदर्शनीमा सटल बस सञ्‍चालन हुने छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्‍चालन गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरु रहने छन् । यसपाली ‘नाडा अटो शो’ को प्रवेश टिकटको मूल्य सामान्य व्यक्तिको लागि २०० रुपैयाँ र विद्यार्थीहरुका लागि भने १५० रुपैयाँ कायम गरिएको छ ।

तस्बिरहरु – नेपाल फोटो लाइब्रेरी

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।