बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर सार्वजनिक

0
Shares

नेपालमा सजावटी रङहरुको एक प्रख्यात निर्माता कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा.लि. ले दशैं र तिहारको उल्लासमय पर्वहरुमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना, “बर्जर हाम्रो घर हाम्रो शान” ल्याएको छ। यो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको छ ।

यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही १ लाख र अन्य दशजनाले १० हजार नगद पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसबाहेक, यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्नेछ । साथै, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्विर सेयर गरेर जनही २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउने कम्पनीले जनाएको छ।

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सिमित बर्जर उत्पादनहरूमा मात्र लागू हुनेछ । घरधनीहरूले यस योजनाको बारेमा विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।

नेपाली बजारमा उत्कृष्ट उत्पादनहरू पु¥याउने निरन्तर समर्पणको परिणाम स्वरुप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ ।

यो इलास्टोमेरिक गुणहरू सहितको उच्च चमक भएको लक्जरी बाहिरी इमल्शन हो जसले बाहिरी भित्ताहरूमा रौँ जस्ता मसिना दरारहरू छोप्न मद्दत गर्दछ । सिलिकन एडीटिभ्ससँग बनाइएको रङले सबैखाले मौसम र परिस्थितिहरूमा भित्ताहरूलाई अतिरिक्त सुरक्षा दिन्छ, यो ८ वर्षको वारेन्टीसँगै उपलब्ध छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।