बीवाइडीले नेपालमा लन्च गर्यो ‘डल्फीन’ भेरियेन्ट, ३९ लाख ८० हजारमा उपलब्ध

0
Shares

विद्युतीय कार निर्माता कम्पनी–बीवाइडीले नेपालमा नयाँ मोडलको ‘डल्फीन’ भेरियेन्ट लन्च गरेको छ । हाल नेपालमा बीवाइडीले डल्फीनको एउटा मोडल मात्रै उपलब्ध गराएको छ ।

नेपालमा बीवाइडी डल्फीन ३९ लाख ८० हजार रुपैयाँमा उपलब्ध छ । पछिल्लो समयमा विद्युतीय सवारी साधनहरुमा मानिसहरुको रुचि बढ्दै जाँदा विभिन्न कम्पनीहरुले नयाँ भेरियेन्टका कारहरु लन्च गर्दै आएका छन् । यसैक्रममा बीवाइडीले सन् २०२३ मा डल्फीन मोडल लन्च गरेको हो ।

‘बीवाइडी डल्फीन’ मोडल बीवाइडीको ओसन सिरीज अन्तर्गत ओसन एस्थेटिक डिजाइनमा निर्माण गरिएको कम्पनी हो । यस कारमा ६ एयरब्याग, टायर प्रेसर मोनीटरीङ सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, इलेक्ट्रोनिक स्टाबिलीटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एडप्टीभ क्रुज कन्ट्रोल, अटोमेटेड इर्मजेन्सी ब्रेकिङ सिस्टक, रियर कोलस्जन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, ३६० डिग्री क्यामेरा लगायतका फिचरहरु उपलब्ध छन् ।

कारको ब्याट्री र पर्फमेन्स विशेषता

बीवाइडी डल्फीनमा ४४.९ किलोवाटआवरको ब्याट्री जडान छ भने फ्रन्ट–व्हील–ड्राइभ इलेक्ट्रीक मोटरको पावर ७० किलोवाट र टर्क १८० न्युटनमिटर दिनेछ । कारले एक पटकको चार्जमा ३४० किलोमिटर रेन्ज कभर गर्नेछ । यस कारमा एसी चार्जिङ र डिसी चार्जिङ दुवै सुविधा उपलब्ध छ । ७.४ किलोवाटको एसी चार्जिङ उपलब्ध हुनेछ भने ६० किलोवाटको डिसी फास्ट चार्जिङ पनि उपलब्ध छ ।

बीवाइडीले लन्च गरेको डल्फीन मोडलको कारको लम्बाइ ४.२९ मिटर रहेको छ भने चौडाइ १.७७ मिटर र उचाइ १.५७ मिटर रहेको छ । यस्तै कारको ह्वीलबेस २.७७ मिटरको छ जसमा १६ इन्चको व्हील जडान छ ।

कारमा मल्टी फङ्सन स्टेरिङ ह्वील जडान छ । यस्तै कारमा ५ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, १२.८ इन्चको फ्लोटीङ सेन्ट्रल कन्ट्रोल स्क्रीन समेत उपलब्ध छ । हाल बीवाइडी डल्फीन स्यान्ड ह्वाइट, माल्डीभ पर्पल, कोराल पिंक र अर्बन ग्रे कलरमा उपलब्ध छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।