हिमालयन ८०–२० को इकाई बाँडफाँड

0
Shares

सामुहिक लगानी कोष ‘हिमालयन ८०–२०’ को इकाई बाँडफाँड भएको छ । साउन ३२ गतेदेखि मिति भदौ १५ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको उक्त इकाई भदौ २६ गते मंगलबारका दिन बाँडफाँड गरिएको हो ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलका अनुसार प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाईको बिक्री खुला गरिएको थियो । निष्काशित इकाईमध्ये १५ प्रतिशतको दरले हुन आउने १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक हिमालयन बैंक लिमिटेडलाई बाँडफाँड गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा जारी गरिएको थियो ।

साथै बाँडफाँडमा नपरेको सेयर वापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खाताबाट फुकुवा गर्न हिमालयन क्यापिटलले सम्पूर्ण सि–आस्वा सदस्यहरुलाई आग्रह गरेको छ । सेयर पर्न सफल आवेदकहरुको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा रकमान्तरण गर्न समेत क्यापिटलले अनुरोध गरेको छ ।

सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेवसाईट वा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको हिमालयन क्यापिटलकाे वेवसाईटबाट इकाई बाँडफाँडको नतिजा हेर्न सकिने बताइएको छ ।

‘हिमालयन ८०–२०’ हिमालयन म्युचुअल फन्ड अन्तर्गत सञ्चालमा आएको पहिलो सामुहिक लगानी कोष योजना हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।