युद्धपछि युक्रेनले सुरु गर्यो गहुँ निर्यात

0
Shares

रुसले लगाएको प्रतिबन्धका बावजुद युक्रेनमा दुई कार्गो जहाजहरू नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा पुगेका छन् । यससँगै लामो समयसम्म खाद्यान्न निर्यात गर्न नसकेको युक्रेनले गहुँ लगायतका अन्य खाद्य पदार्थ निर्यात गर्ने भएको हो ।

युक्रेनको चोरनोमोस्र्क बन्दरगाहमा पुगेका दुई कार्गो जहाजहरुले युक्रेनबाट २० हजार टन गहुँ विश्व बजारमा पु¥याउने छन् । युक्रेनको कृषि मन्त्रालयका अनुसार जहाजहरूले इजिप्ट र इजरायलमा गहुँ पठाउनेछन् ।

रूसले युक्रेनी बन्दरगाहबाट खाद्यान्न निर्यातलाई सहज बनाउने संयुक्त राष्ट्र संघ समर्थित सम्झौता रद्द गरेपछि युक्रेनले ब्ल्याक सीको पश्चिमी तट मार्फत एकतर्फी रूपमा समुद्री कोरिडोरको घोषणा गरेको हो । जसमार्फत युक्रेनले खाद्यान्न बिक्री वितरणमा सहजता ल्याउने छ ।

युक्रेन विश्वको सबैभन्दा ठूलो गहुँ निर्यातकर्ता हो । युक्रेनलाई युरोप क्षेत्रको ब्रेड बास्केटको उपनाम समेत दिइएको छ । तथापि रुसले युक्रेनमा आक्रमण गरेपछि अधिकांश खाद्यान्न बन्दरगाहमा नै अड्किएर बसेको थियो । जसकारण युरोप क्षेत्र तथा विश्वव्यापी रुपमा नै खाद्यान्नको मूल्य आकाशिनुका साथै खाद्य संकटको अवस्था सिर्जना भएको थियो । गहुँका साथै युक्रेन सूर्यमुखी तेल, जौ, मकै जस्ता बालीहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

ब्ल्याक सी मार्फतको नयाँ रुटबाट युक्रेनलाई खाद्यान्न निर्यात गर्न सहजता हुनेछ भने विश्वव्यापी रुपमा आकाशिएको खाद्यान्नको मूल्य सस्तो हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।