सन नेपाल लाइफको आईपीओ डिम्याट खातामा जम्मा, कतिमा खुल्ला कारोबार ?

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सेयर (आईपीओ) हितग्राही खातामा जम्मा भएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट आईपीओ प्राप्त गरेका सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको हो । कम्पनीको आईपीओ भदौ २९ गते शुक्रबार ‘एसएनएलआई’ (SNLI) संकेतमा डिम्याट खातामा सेयर जम्मा भएको हो । कम्पनीको धितोपत्र यहि कारोबार संकेतमा दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ ।

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म अंकित मूल्य एक सय रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीले कुल ९६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ लाख ६० हजार कित्ता, कर्मचारीका लागि ४ लाख ८० हजार र सामुहिक लगानी कोषलाई ४ लाख ८० हजार कित्ता छुट्टाएर सर्वसाधारणमा ७६ लाख ८० हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो । भदौ १५ गते बाँडफाँड गरिएको कम्पनीको उक्त आईपीओ ७ लाख ६८ हजार जनाले १० कित्ताका दरले प्राप्त गरेका थिए ।

आईपीओ नेप्सेमा सूचीकृत हुने प्रकृयामा रहेको छ । कम्पनी नेप्सेमा सूचीकृत भएपछि यसको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । दोस्रो बजारमा कारोबारयोग्य हुन सम्बन्धीत कम्पनीले नेपाल स्टक एससचेञ्ज (नेप्से) सँग सूचीकरण सम्झौता गर्नुपर्ने हुन्छ । नेप्सेमा सेयर सूचीकरण सम्झौता भएपछि त्यसको दोस्रो कारोबार दिनदेखि नेप्सेमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ ।

कतिमा खुल्छ दोस्रो बजारमा कारोबार ?

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओले पहिलो कारोबारको लागि न्यूनतम १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पेसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७८–७९ को वास्तविक प्रति सेयर नेटवर्थका आधारमा उक्त रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार प्रति सेयर नेटवर्थ १५८ रुपैयाँ ४१ पैसा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।

यसआधारमा कम्पनीले नेटवर्थ बराबरको न्यूनतम र नेटवर्थको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज पाउने भएकाले रेञ्जभित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबारपछि त्यस दिन मूल्य अधिकतम १० प्रतिशतसम्म बढ्न सक्नेछ । इन्स्योरेन्सको सेयर अधिकतम ४७५ रुपैयाँसम्म सुरु हुन सक्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।