दुई दर्जन कम्पनीले धितोपत्र बोर्डमा अझै बुझाएनन् वित्तीय विवरण

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत दुई दर्जन कम्पनीहरुले अझैसम्म पनि गत आर्थिक वर्षको वित्तीय विवरण नबुझाएको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले वित्तीय विवरण सम्बन्धमा नियमावलीको व्यवस्थाको सूचिकृत संगठित संस्थाबाट भएको परिपालना स्थिति सार्वजनिक गर्दै ४ वटा कम्पनीहरुल आ.व. २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएको जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ।

हाल नेप्सेमा २२७ वटा सूचीकृत कम्पनीहरु रहेकोमा १३९ कम्पनीले मात्र समयमै वित्तीय विवरण बुझाएका हुन् । जसमध्ये पनि ६४ कम्पनीले ढिलागरी विवरण बुझाएको बोर्डले जनाएको छ। २४ कम्पनीले भने अझै विवरण बुझाएका छैनन् ।

वित्तीय विवरण समयमै नबुझाउनेमा ३ वटा विकास बैंक, २ वित्त कम्पनी, ११ जलविद्युत कम्पनी, ६ माइक्रोफाइनान्स, नेपाल रिइन्स्योरेन्स र विशालबजार कम्पनी रहेका छन ।

विवरण बुझाउनेमा १९ वाणिज्य बैंक, १२ विकास बैंक, १३ फाइनान्स, ३ होटेल तथा टुरिजम समुहका कम्पनी, ४१ हाइड्रो कम्पनीले, ३ इन्भेष्टमेन्ट समुहका कम्पनी, ६ जीवन बीमा कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३१ लघुवित्त, ७ निर्जीवन बीमा कम्पनी, अन्य समुहका १ र ट्रेडिङ समुहका १ कम्पनी रहेका छन् ।