‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट, भारततर्फ प्रस्थान

0
Shares

नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । यस बहुप्रतिक्षित ईभेन्ट २४ सेप्टेम्बर, २०२३ मा बुद्ध सर्किट, नोएडामा हुने तय गरिएको छ । राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिनेछ र २७ सेप्टेम्बर २०२३ मा उहि बाटो भएर काठमाडौं फर्किनेछ ।

रेसिङ गतिविधीहरूको पर्यायका रूपमा रहेको यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रबर्धन गर्न निरन्तर रूपमा काम गरिरहेको छ । आफ्नो उद्देश्य अनुरूप नै यामाहाले रेसिङ स्पोर्ट्सलाई प्रतिबिम्बित गर्ने धेरै ईभेन्टहरूसँग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवर्द्धन समेत गरेको छ । यस रफ्तारलाई अगाडि बढाउँदै यामाहा नेपालले यामाहा मालिकहरूलाई दर्ता गर्न र मोटोजिपी प्रत्यक्ष अवलोकन गरि जीवनभरका लागि अविष्मरणीय अनुभव प्राप्त गर्नका लागि आह्वान गरेको थियो ।

यस कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र देखाउँदैन बरू खुल्ला सडकमा ब्रान्डप्रतिको माया अभिव्यक्त गर्ने राइडरहरूको जोशलाई उत्सवका रूपमा पनि मनाउँछ । छानिएका राइडरहरूमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का रहेका छन् भने मार्सलका रूपमा प्रमोद श्रेष्ठ रहेका छन् ।

“हामीले ‘यामाहा राइड टु मोटोजीपी’का लागि ठूलो संख्याका सहभागीहरू प्राप्त गरेका थियौं। हामी प्रत्येक यामाहा प्रशंसकहरूलाई राइडप्रतिको चासो र पागलपनका लागि धन्यवाद दिन चाहन्छौं। तर हामीसँग सीमित सिट भएकाले ८ जना मात्रै छनोट गर्न सक्यौँ। यो त केवल सुरुवात हो, यामाहा नेपाल हाम्रा युवाहरूको जोशलाई सम्मान गर्दछ। हामी नेपालमा मोटरस्पोर्टको उत्थान गर्न मेहनतका साथ काम गरिरहेका छौं ।” एमएडब्लु इन्टरप्राइजेज, टु-ह्विलर डिभिजनका सीईओ राजु क्षेत्रीले भने ।

मोटोजिपी केही दक्ष राइडर र अत्याधुनिक मेसिनहरू सहितको संसारकै सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ च्याम्पियनशिपमध्ये एक हो । रेसिङको दुनियामा आफ्नो गौरवशाली इतिहास बोकेको यामाहा यो रोमाञ्चक खेलको सधैं अग्रभागमा रहँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।