गरिमा विकास बैंकको शाखा काठमाण्डौंको जोरपाटीमा पनि खुल्यो

0
Shares

गरिमा विकास बैंकले पौष ११ गते शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरेका हुन् । कार्यक्रम बैंकका अध्यक्ष चन्द्रकान्त बरालको उपस्थिति थियो ।

उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जोरपाटी शाखा कार्यालयले त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

विकास बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब ९० करोड कर्जा लगानी गरेको छ ।