विश्वविख्यात जापानी कम्पनी तोशिबाको विरासत समाप्त

0
Shares

विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको बिहीबार जनाएको छ ।

सन् १८७५ मा स्थापना भएको तोशिबा कम्पनी १९ औँ शताब्दीमा जापानको आर्थिक पुनरुत्थान र प्राविधिक क्षेत्रमा नवप्रवर्तनको पर्याय बनेको थियो ।

सत्तरी वर्षसम्म सेयर बजारमा सूचीकृत कम्पनी अब त्यसबाट हट्ने प्रमुख कार्यकारी अधिकृत तारो सिमादाले बताएका छन् । “तोसिबा समूहले अब नयाँ सेयरधनीका साथ नयाँ भविष्यतर्फ ठूलो कदम चाल्नेछ,” बिहीबार एक विज्ञप्ति निकालेर उनले भनेका छन् ।

जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्राण्ड बनेको तोसिबा कम्पनीले प्रारम्भिककालमा ल्यापटप कम्प्यूटर, लिफ्ट र आणविक पावर स्टेशनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो । सन् २०१५ मा भएको आर्थिक घोटाला र अमेरिकी आणविक सहायक वेस्टिङहाउसबाट अर्बौं डलरको घाटा व्यहोर्नुपरेपछि केही वर्षदेखि कम्पनी सङ्कटमा फसेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।