अष्ट्रेलियाको नयाँ नियमलाई लक्षित गर्दै दुई दिने शैक्षिक मेला


अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै आगामी सोमबारदेखि २ दिने शैक्षिक मेला आयोजना हुने भएको छ । १२ कक्षा उत्तिर्ण गरेर बसेका वा स्नातक तहको अध्ययनपछि अष्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्न चाहेका विद्यार्थीहरुलाई आवश्यक परामर्श वा जानकारीका लागि मेला आयोजना गरिएको आयोजक ईडिएफले जनाएको छ । सो मेलामा अष्ट्रेलियामा सञ्चालनमा रहेका विश्वविद्यालका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

अमेरिकन ईन्टरनेशनल रिक्रुटमेन्ट काउन्सिल (एआईआरसी)बाट मान्यता प्राप्त एजुकेसन कन्सल्टेन्सी ईडिएफ एडमिसन्सले उच्च शिक्षा लक्षित शैक्षिक परामर्श तथा तयारी कक्षा कार्यक्रममा सहजिकरण गर्दै आएको छ । पछिल्लो समय नेपाली विद्यार्थीहरुको पहिलो अध्ययन क्षेत्रको रोजाईको रुपमा रहेको अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको निम्ती नयाँ नियम लागू गरेसँगै धेरै विद्यार्थीहरुमा सो सम्बन्धी जिज्ञासाहरु पैदा भएका छन् । सोही विषयलाई मध्यनजर गरेर ईडिएफ एडमिसन्सले आफ्नो दुई दिने शैक्षिक मेला घोषणा गरेको जनाएको छ ।

विद्यार्थीको रोजाई रहेका आईटी, हस्पिटालिटी, मेडिकल बिजनेस, आदिको अध्ययन सन्दर्भमा आवश्यक जानकारी आदानप्रदान हुने आयोजकले जनाएको छ । ईडिएफका अनुसार मेला सेप्टेम्बर २५ र २६ अर्थात् आगामी सोमबार र मंगलबार न्यूप्लाजास्थित संस्थाको कार्यालयमा ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

अष्ट्रेलियका विश्वविद्यालयहरु भिक्टोरिया विश्वविद्यालय, स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी, तस्मानिया विश्वविद्यालय, फेडरेशन विश्वविद्यालय, वेस्टर्न सिड्नी विश्वविद्यालय, क्यानबेरा विश्वविद्यालय र एपिआइसीको बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने ईडिएफले जनाएको छ । साथै ती विश्वविद्यालयमा अध्ययन गर्नको लागि आवश्यक मापदण्ड, सुविधा र खर्चको बारेमा समेत मेलाबाट जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।