अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गरेर चुक्ता पूँजी एक अर्ब पुर्याउने

0
Shares

अजोड इन्स्योरेन्सले प्राथमिक शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

शुक्रबार सम्पन्न कम्पनीको दोस्रो बार्षिक साधारणसभाले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै साधारणसभाले सञ्चालक समितिका अध्यक्ष आदाज श्रेष्ठद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन छलफल पश्चात पारित गरेको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन तथा एनएफआरएस अनुसारका वित्तीय विवरणहरु पारित गरेको छ ।

कम्पनीले यसअघि नै एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ । अजोड इन्स्योरेन्सको हाल अधिकृत पूँजी एक अर्ब जारी पूँजी एक अर्ब र चुक्ता पूँजी ७० करोड रहेको छ ।