समाजसेवी चार संस्था पुरस्कृत

0
Shares

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन् ।

२ लाखको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेत पुरस्कृत भएको छ । कोषका अनुसार यस सस्थाले वृद्धवृद्धाहरूलाई आश्रय, भोजन प्रदान गर्नुका साथै स्वास्थ्य उपचार दिँंदै आएको छ । साथै वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोर सम्मानित भएका छन् ।

यसैगरी कोषले १ लाख रुपैयाँ राशिको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौंमा अवस्थित संस्थालाई प्रदान गरिएकोे छ । यस संस्थाले समाजका असहाय वर्गको उद्धार गरी संरक्षणका लागि आश्रय प्रदान गर्दै आइरहेको छ । यसका संस्थापक दुर्गानाथ दाहाल सम्मानित भएका छन् ।

अर्को रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट धनगढी उपमहानगरपालिका – १, कैलालीमा रहेको दृष्टि फाउन्डेसन पुरस्कृत भएको छ । यस संस्थाले असहायहरूको उद्धार र संरक्षण गरी आश्रय, भोजन र स्वास्थ्योपचार सुविधा प्रदान गर्नुका साथै परिवारसँंग पुनस्र्थापना गराउँदै आइरहेकोे छ । यस संस्थाका अध्यक्ष अध्यक्ष कल्पना भट्ट सम्मानित हुनभएको छ । यो पुरस्कारको राशि पनि १ लाख रुपैयाँ रहेको छ ।

यस वर्ष संस्था एक दशक पुगेको अवसरमा प्रदान गरिएको अतिरिक्त रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृह, ठुलागाउँ, तारकेश्वर नगरपालिका – ३ लाई प्रदान गरियो । यो संस्थाले बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै शिक्षादीक्षाको प्रबन्ध गरी सक्षम र सबल नागरिक बनाउन योगदान गर्नुका साथै संस्थागत दिगोपनातर्फ पनि उपयुक्त कदम चालेको छ । १ लाख रुपैयाँ नगद पुरस्कार सहित संस्था पुरस्कृत हुनुका साथै अध्यक्ष नरबहादुर राउत सम्मानित भए ।

पुरस्कार तथा सम्मान अर्पण समारोहमा प्राज्ञ श्री विष्णु प्रभातले ‘परोपकार दर्शन’ शीर्षकमा एक खोजमूलक प्रस्तुत गर्नु भएको थियो । साथै संस्थाले स्थापनाको एक दशकको अनुभव र अनुभूति समेटेर प्रकाशित गरेको एक स्मारिका समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषका अधिकारीले बताएअनुसार पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनोट गर्न ५ जना संलग्न एक छनोट समिति गठन गरिने गर्छ र यसले निष्पक्ष र वस्तुपरक ढङ्गले छानबिन गरी छनोट गरी पुरस्कार र सम्मानका लागि सिफारिस गर्छ । यस वर्ष प्रमुख अतिथि ज्येष्ठ नागरिक अधिकार अभियन्ता डा. गौरीशङ्कर लाल दासलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको छ ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोष स्वयम्सेवाको भावनाले नेपालीहरूको हितमा उदाहरणीय योगदान गरेका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने तथा सामाजिक सेवाको विकासमा सहयोग पु¥याउने उद्देश्यले एक अक्षय कोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्यस्मरणमा २०७० सालमा स्थापना गरेका थिए । ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि रु. दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा २०७४ देखि ४ लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आइरहेको छ । सामाजिक सेवा दिवसको अवसरमा आउने असोज ६ गते पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।