हाथवे इन्भेष्टमेण्टको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

0
Shares

हाथवे इन्भेष्टमेण्ट नेपालले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लि।को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौं असोज ७ गते आयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटल बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा इन्भेष्टमेण्ट कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत संदिप शाह र क्यापीटलको तर्फबाट नि।प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरेका हुन्

कम्पनी नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ र हाल कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड तथा जारी तथा चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ ।

यस कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको १२.५ प्रतिशतले हुने २९ लाख २५ हजार कित्ता शेयर प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ का दरले हालै मात्र सार्वजनिक निष्काशन गरी बाँडफाँट समेत गरिसकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।