नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा


नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

कम्पनीको संस्थापक सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । कम्पनीले सेयर बिक्रीका लागि संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको छ । संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ । सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुले असोज १६ गतेभित्र एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथलीमा सम्पर्क गर्न सक्ने छन् ।

सेयरको खरिदको लागि न्यूनतम मूल्य ३३५ रुपैयाँ तोकिएको छ । उक्त मुल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम दश लाख कित्तासम्म नै आवेदन दिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।