गभर्नर र सेबोन अध्यक्षबीच पुँजी बजारका समसामयिक विषयमा छलफल

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच पुँजी बजारका समसामयिक विषयमा छलफल भएको छ ।

सोमबार भएको भेटवार्तामा गभर्नर अधिकारी र अध्यक्ष हमालबीच पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

भेटवार्तामा सेयर कर्जामा १२ करोडको सीमा बढाउने लगायतका बिषयमा कुराकानी भएको हो । हाल सेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिँदा एक व्यक्ति वा संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म मात्रै पाउने व्यवस्था छ।

यो सीमालाई केही फराकिलो बनाउनका लागि सेयर लगानीकर्ता माग गर्दै आइरहेका छन्। सेयर कर्जाको सीमा कति कायम गर्ने, व्यक्तिगत तथा संस्थागतलाई फरक फरक वा एउटै व्यवस्था गर्ने लगायतका विषयमा छलफल भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

भेटमा प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न दिने विषयमा पनि छलफल भएको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।