नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक मोहर डिजिटल प्रालिको इजाजतपत्र खारेज गरेको छ । कम्पनीले ऐन नियमको पालना नगरेको तथा अनुमतिपत्र प्राप्त गर्दा तोकिएका शर्त पूरा नगरेपछि राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो ।
केन्द्रीय बैंकले मोहर डिजिटलको लाइसेन्स भुक्तानी तथा फछ्र्योट ऐन २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेपछि अनुमतिपत्र खारेज गरेको जनाएको छ । कम्पनीको अनुमतिपत्र खारेज गर्दा भुक्तानी तथा फछ्र्योट विनियमावली २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्थाब मोजिम गरेको केन्द्रीय बैंकले जनाएको छ ।
चुक्ता पुँजी ५ करोड रहेको मोहरले केन्द्रीय बैंकबाट भुक्तानी सेवा प्रदायकको काम गर्ने अनुमति २०७६ असोज ३० गते अनुमति पाएको थियो ।
ललितपुरको कुमारीपाटी स्थीत कार्यालय रहेको संस्थाको अनुमतिपत्र खारेज भएकाले दायित्व बाँकी भएका ग्राहकलाई कम्पनीमा सम्पर्क गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।
भुक्तानी तथा फट्र्योछ ऐन २०७५ को खफा ३५ को छ अनुसार बैंकले दिएको निर्देशन पालना नगरेमा वा अनुमतिपत्रमा तोकिएका शर्त उल्लंघनको कसुर गरेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी सोही दफाको ‘ज’ अनुसार ऐन अन्तर्गत बनेका विनियम, बैंकले जारी गरेका निर्देशक वा आदेश विपरीत अन्य कुनै कायम गरेका कसुर गरेको ठहर हुने व्यवस्था छ । उक्त कसुर गरेको संस्थालाई ऐनको दफा ३५ को खण्ड ‘च’ अनुसार अनुमतिपत्र खारेज गर्नसक्ने व्यवस्था छ ।
बैंकले मोहरको अनुमतिपत्र भुक्तानी तथा फछ्र्योट विनियमावली २०७७ को विनियम ३५ को खण्डमा ‘ग’ मा ऐनको दफा ३५ को व्यवस्था अनुसार ऐन, विनियम वा बैंकले जारी गरेको निर्देशन वा आदेश वा अनुमतिपत्र प्रदान गर्दा तोकिएका शर्तहरू उल्लङ्घन गरेमा संस्थालाई प्रदान गरिएको अनुमतिपत्र खारेज गर्न सक्ने व्यवस्था छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया