भारतको इतिहासमा सबैभन्दा ठूलो आईपीओ ल्याउँदै टाटा ग्रुप

0
Shares

विश्व विख्यात अटो कम्पनी-टाटा ग्रुप अन्तर्गतको ‘टाटा सन्स’ ले भारतको इतिहासमा सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारीमा रहेको छ ।

प्रारम्भिक आँकलन अनुसार टाटा सन्सले सन् २०२५ को सेप्टेम्बर महिनासम्ममा ११० खर्ब भारु बराबरको सार्वजनिक निष्काशन गर्ने तयारी गरिरहेको छ । कम्पनीले कुल सेयरको पाँच प्रतिशत आईपीओ निष्काशन गर्ने भएको हो ।

भारतीय बिजनेस टाइकुन रतन टाटाको नेतृत्वमा सञ्चालन भइरहेको टाटा ग्रुपले आर्थिक वर्ष २०२२/२३ मा १२० खर्ब भारु बराबरको कारोबार गरेको छ । यस्तै सोही वर्षमा कम्पनीको ३५ हजार करोड भारु नाफा आर्जन गरेको थियो ।

कम्पनीको आकार र सम्पत्ति बढ्दै जाँदा सप्टेम्बर १४ मा भारतीय केन्द्रीय बैंक– रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले टाटा ग्रुप सहित अन्य १५ कम्पनीहरुलाई माथिल्लो तहका गैर–बैंकिङ वित्तीय संस्था घोषणा गरेको थियो ।

आरबीआईको प्रावधान अनुसार, माथिल्लो तहमा सूचीकृत भएका गैर बैंकिङ वित्तीय कम्पनीले ३ वर्ष भित्रमा सार्वजनिक निष्काशन गरी निजी कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्छ ।

सोही अनुरुप टाटा ग्रुपको टाटा सन्सले ११० खर्ब भारु बराबरको आइपीओ ल्याउने भएको हो । टाटा सन्स टाटा ग्रुपद्धारा सञ्चालित कम्पनीहरुको प्रमोटर र इन्भेष्मेन्ट होल्डीङ कम्पनी रहेको छ ।

यसअघि भारतीय जीवन बीमा निगम (एलआइसी)ले २ खर्ब १० अर्ब भारु बराबरको सार्वजनिक निष्काशन गरेको हो । यसलाई भारतको अहिलेसम्मको ठूलो आईपीओ मानीदै आइएको छ । तर सेप्टेम्बर २०२५ मा लन्च हुने भनिएको टाटाको आईपीओ भारतीय जीवन बीमा कम्पनीको तुलनामा ५५ गुणा ठूलो हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।