फेरि बढ्यो अमेरिकी डलरको भाउ


बुधबार अमेरिकी डलरको भाउ बढेको छ । मंगलबार एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको अमेरिकी डलरको आज खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिद दर १४० रुपैयाँ ८५ पैसा र बिक्री दर १४१ रुपैयाँ ४८ पैसा छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १६ पैसा र बिक्री दर ८५ रुपैयाँ ५५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता बेलायती पाउण्ड आज एकको खरिद दर १६१ रुपैयाँ ९७ पैसा र बिक्री दर १६२ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा र बिक्री दर २८ रुपैयाँ ४६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५ रुपैयाँ ५८ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असाेज २०८०, बुधबार  ०७ : ०४ बजे