बिहीबार अमेरिकी डलरको भाउमा गिरावट आएको छ । बुधबार खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको अमेरिकी डलरको भाउ आज १३२ रुपैयाँ ८६ पैसा (खरिद दर) र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ २२ पैसा छ ।आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६१ पैसा र बिक्री दर ८४ रुपैयाँ ९९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यता बेलायती पाउण्ड आज एकको खरिद दर १६१ रुपैयाँ ३२ पैसा र बिक्री दर १६२ रुपैयाँ ०५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा र बिक्री दर २८ रुपैयाँ ३५ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५ रुपैयाँ ५८ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८७ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया