पोखरामा राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम सम्पन्न

0
Shares

राष्ट्रिय बीमा संस्थानको शाखा कार्यालय, पोखराले मिति पुस देखि १२ गते सम्म तीन दिन पोखरामा जीवन बीमा अभिकर्ताहरुको लागि आधारभूत तालिम सञ्चालन ग–यो ।

संस्थानका पोखरा शाखाका प्रमुख लक्ष्मी कुमार गुप्ताको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा शाखा प्रमुख स्वयम्, कर्मचारी रमेश थापा मगर, प्रशिक्षकहरु ठाकुर प्रसाद घिमिरे र नेत्र नारायण सुवेदीले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी आदि विषयमा प्रशिक्षण दिएका थिए ।

४१ जना प्रशिक्षार्थी संलग्न उक्त तालिम कार्यक्रममा सहभागीहरुले राष्ट्रिय बीमा संस्थानबाट सञ्चालित अभिकर्ता तालिम लिन पाएकोमा ज्यादै हर्षित भएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।