सुनको भाउ चार दिनमा ३४ सयले घट्यो


सुनको भाउ ३४ सय रुपैयाँले घटेको छ । चारदिनको अवधिमा सुनको भाउ ३४ सय रुपैयाँले घटेको हो । असोज ८ गतेबाट निरन्तर घट्न थालेको सुनको भाउ आज पनि प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाला सुनको भाउ १ लाख ९ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

असोज ८ गते सोमबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बिहीबार १४ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ८ हजार २५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुन एक लाख ९ हजार ५० रुपैयाँ तोकिएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा चाँदीको भाउ आज चाँदी १५ रुपैयाँ घटेको हो । हिजो चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८६५ दशमलव २९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ असाेज २०८०, शुक्रबार  १० : ४५ बजे