चीनबाट बिदा हुँदै सिटीग्रुप, एचएसबीसीले अधिग्रहण गर्ने

0
Shares

चीनमा सम्पत्ति व्यवस्थापकको रुपमा परिचित सिटिग्रुपको सिटिग्रुप चाइना कम्पनीलाई एचएसबीसी कम्पनीले अधिग्रहण गर्ने भएको छ । यससँगै चीनमा रहेको सिटिग्रुपको कम्पनीको अस्तित्व मेटिने भएको हो ।

हाल ३ अर्ब अमेरिकी डलर सम्पत्ति व्यवस्थापन गरिरहेको कम्पनीले सन् २०२१ मा नै चनिबाट बाहिरिन खोजेको थियो । एचएसबीसीको एशियाली बैंकले अन्ततः चीनको सिटिग्रुप अधिग्रहण गर्न इच्छा देखाएपछि सिटिग्रुपको सो इच्छाले २ वर्षपछि पूर्ण रुप लिएको हो ।

अधिग्रहण प्रक्रिया आगामी महिनाबाट सुरु हुने अन्तराष्ट्रिय समाचारमाध्यम सीएनबीसीले जनाएको छ । तथापि एचएसबीसीले कति मूल्यमा सिटिग्रुपको चीनको शाखा खरिद गर्ने भन्ने तथ्य बाहिरिएको छैन ।

सिटिग्रुप चीनको खरिदसँगै एचएसबीसी व्यापारिक रुपमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा प्रवेश गरेको छ । पछिल्लो समयमा चीनको आर्थिक गतिविधि सुस्ताउनुका साथै आर्थिक वृद्धि दरमा समेत गिरावट आएको छ । अधिकांश कर्पोरेट हाउसहरु समस्याबाट गुज्रिरहेको अवस्थामा समस्याग्रस्त सिटीग्रुपको घाटा व्यवस्थापन एचएसबीसीले कसरी गर्नेछ भन्ने विषयमा यतिबेला अधिकांश मानिसहरुको जिज्ञासा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।