सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा संग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ । नजिकिदो महान चाड दशैँ र क्रिकेट विश्वकप लाई दृष्टिगत गर्दैै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनिय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाई छ ।
सीजी डिजिटल र सीजीनेट विचको सहकार्य मार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिले कै मूल्यमा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै योजना अन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै ३२ हजार ८५९ पर्ने ४३ ईञ्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन् ।
यो वास्तविक मूल्यको आधा हो । त्यसैगरी ३२ ईञ्चको सीजी स्मार्ट टीभी २२ हजार ६४४ रुपैयाँमा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट+ आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्नेछन् । सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको ईन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा ५ सय रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।
सीजीनेटले भरखरै आफ्ना सेवाहरु पोखरा, बिराटनगर, ईटहरी, धरान र बीरगंज लगायत प्रमुख सहरमा बिस्तारित गरेको छ । कम्पनीका सेवाको उपभोक हेटौडा, बुटवल, भैरहवा, भरतपूर, सिमरा, बर्दिघाट, काठमाण्डौं, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ । उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरुमा आईपीटीभीपनि समावेश गर्दै सर्वसाधारणका साथै विजनेसहरुलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेशनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया