नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत


नेपाल एसबिआई बैंक लिमिटेडको १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘९ % नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामक ऋणपत्र मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

एसबिआई बैंकले साउन १८ गतेदेखि ३१ गतेसम्म उक्त ऋणपत्र निष्कासन गरी भदौ १० गते बाँडफाँड गरेको थियो । बैंकले अंकित मूल्य १ हजार रूपैयाँ दरले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र मध्ये ५८ करोड १६ लाख ३४ हजार मूल्यको ५ लाख ८१ हजार ६३४ कित्ता इकाई ऋणपत्र भने बिक्री भएको थिएन । 

बैंकले एनएमबि क्यापिटल लिमिटेड मार्फत सर्वसाधारणमा ऋणपत्र बिक्री गरेको थियो । मंगलबार सूचीकृत भएको उक्त बैंकको ऋणपत्र बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।