सोनापुर मिनरल्सको आइपीओमा आवेदन दिने अन्तिम दिन आज


सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । असोज १४ गतेदेखि निष्काशन गरेको आइपीओमा कम्पनीले बुधबार म्याद थपेर भदौ २८ गतेसम्म आवेदन दिन पाइने सूचना निकाले पनि पर्याप्त आवेदन परेको भन्दै आज निष्काशन बन्द गर्न लागेको हो ।
कम्पनीको आइपीओमा २ अर्ब ७९ करोड २१ लाख ९ हजार ५८ रुपैयाँ बराबरको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार असोज १७ गते मंगलबार साँझ ५ः०७ बजेसम्ममा ९ लाख ८६ हजार ७५० वटा आवेदन मार्फत १ करोड १७ लाख ५२ हजार २९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरेको थियो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली मार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयरको मोबाइल एप तथा वेवसाइटबाट अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।