इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त


इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त भएका छन् । ७९औँ कम्पनीको सञ्चालक समितिको बैठकले उप्रेतीलाई असोज १८ देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो ।

उप्रेती यसअघि एन आई सी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित कम्पनीले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विशाल उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार  १० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।