सिनर्जी पावर डेभलपमेन्टको हकप्रद बाँडफाँड, साढे ५ लाख कित्ता लिलामीमा आउने


सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साढे ५ लाख बढी कित्ता सेयर लिलामीमा आउने भएको छ।  कम्पनीले यसअघि जारी गरेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बाँडफाँड गर्दा अवितरित उक्त संख्याको सेयर बोलकबोलद्वारा लिलाम बिक्रीमा आउने भएको हो ।

कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमध्ये कम्पनीले रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना सेयरधनीहरुलाई ३४ लाख ६९ हजार ६१४ कित्ता सेयर बाँडफाँड गरेकाे कम्पनीले जनाएकाे छ । यससँगै सिनर्जी पावरकाे अवितरित बाँकी  ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद लिलामीमा बिक्रीमा आउने भएको हाे । 

हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका सेयरधनीलाई बाँडफाँडमा नपरेको हकप्रद सेयरबापतको रकम भोलि असोज १९ गतेदेखि आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको थियाे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।