शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


शुक्रबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १३९ रुपैयाँ ८२ पैसा र बिक्री दर १४० रुपैयाँ ४५ पैसा छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३४ पैसा र बिक्री दर ८४ रुपैयाँ ७२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा र बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार  ०७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।