राष्ट्रिय टीमका तीन क्रिकेट खेलाडीसँग एफवान सफ्टसँग, ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

0
Shares

नेपालको अग्रणी फिनटेक समूह एफवान सफ्ट ग्रुपले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता गरेको छ ।  एफवान सफ्टको सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीसँग सो खेलाडीहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको छ ।

क्रिकेटरहरुसँगको यस सम्झौता हस्ताक्षर असोज १८ गते एफवान सफ्टका निर्देशक सुवास शर्मा, इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, इसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो ।

यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको छ। एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडीहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध छ ।

खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर यो साझेदारीले खेलाडीहरुको क्षमतालाई अझै सशक्त बनाउन खोजेको छ । यसो गर्दा, नेपाली क्रिकेट जगत कै उत्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको छ । खेलाडीहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रियस्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विस्वास यसै साझेदारीबाट झल्किएको छ ।

एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले भने, “हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरुको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौं। यस साझेदारीको प्राथमिक उदेश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडिहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो।’ साथै खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर, नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्वलित गर्ने लक्ष्य लिएको उनले बताए ।

एफवान सफ्ट ग्रुप नेपालको अग्रणी फिनटेक समूह हो । १९ वर्षभन्दा बढी सञ्चालन अनुभव १९ भएको यस ग्रुपले नवीन उत्पादनहरू र सेवाहरू निरन्तर आविष्कार गर्दै आएको छ । एफवान सफ्ट नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे र डिजिटल वालेट विकास गरेको हो ।

एफवान सफ्ट का उत्पादनहरू र सेवाहरू ६०ं बैंकहरू र वित्तीय संस्थाहरूका २० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूद्वारा प्रयोगमा छन् । संस्थाले समग्र नेपालीहरूलाई सजिलो, छिटो र सुविधाजनक तरिकाले औपचारिक डिजिटल वित्तीय इकोसिस्टममा प्रवेश गर्न सक्षम बनाउँदै आएको छ र अब विश्वभरका प्रयोगकर्ताहरूलाई यो उपलब्ध गराउने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।