इरानको तानाशाह विरुद्ध लडिरहेकी नरगीसलाई नोबेल शान्ति पुरस्कार

0
Shares

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नरगीस मोहम्मदीले प्राप्त गरेकी छिन् ।

इरानमा महिलामाथि हुने दमनविरुद्ध लड्दै आएकी नरगीस हाल इरानको राजधानी तेह्ररानको जेलमा छिन्।

पुरुषलाई प्राथमिकता दिने इरानमा लैङ्गिक समानता छैन । पुरुष प्रधान इरानी समाजले महिलालाई दिने यातना, दमन र शोषणको विरुद्धमा आवाज उठाउँदै आएकी छिन् ।

लैङ्गिक विभेद विरुद्ध महिला अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएकी उनलाई १३ पटक गिरफ्तार गरी ५ पटक दोषी ठहर समेत गरीसकेको छ । इरानी सरकारले उनलाई ३१ वर्षको सजाय दिएको छ ।

उनी र उनका समर्थकहरुले ‘नारी–जीवन–स्वतन्त्रता’ को नारा लगाई इरानी शासनविरुद्ध आवाज उठाइरहेकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।