अनर नेपालको फेस्टिभ अफर दैनिक आकर्षक उपहार देखि भेस्पा र थाइल्याण्ड टुरसम्म

0
Shares

अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा. लि नेपालले नेपालीहरुको महान् पर्व बडादशैंका अवसरमा बम्पर उपहारहरु घोषणा गरेको छ । “बनाउ दशैं अनरमय” भन्ने नाराका साथ कम्पनीले अनर ब्रान्डका सामाग्रीहरुको खरिदमा दैनिक उपहार देखि बम्पर उपहार ल्याएको हो ।

अनरले “अनरको बहार, चाडपर्वमा उपहारै उपहार” नामक अभियान सुरु गरेको छ । जसमा खरिदकर्ताहरुले अनर स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर पाउनेछन् । उपहारहरू चार खण्डहरूमा विभाजित छन् ।

पहिलो उपहार– दैनिक उपहारमा ग्राहकहरुले ५ हजार ९९० मूल्यको अनर इयरबड एक्स ५ वा ६ हजार ४९० पर्ने अनर ब्यान्ड सीक्स जित्ने मौका पाउनेछन् ।

दोस्रो उपहार– मेगा गिफ्टमा खरिदकर्ताहरुले ४३ स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० ५जी जित्ने मौका पाउन सक्छन् । त्यसपछि तेस्रो चरणमा ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् । अन्त्यमा एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्नेछन् । दैनिक विजेता र अन्य विजेताहरूको घोषणा अनर फेसबुक पेज अनर एनपी र इन्स्टाग्राम पेज अनर नेपालबाट गरिनेछ ।

अनरको उपहारमा कसरी सहभागी हुने ?
ग्राहकहरूले कुनै पनि अनर स्मार्टफोन खरिद गर्नुपर्छ । त्यसपछि अनर स्पेस आइएमईआइ १ नम्बर टाइप गरी ३५००१ मा पठाउनु पर्नेछ । अनरको यो अफर १४ असोज ३ कार्तिक (१ अक्टोबर देखि २० नोभेम्बर) सम्म मान्य छ ।

अनरले ग्राहकहरुलाई “दशैं उत्सव, छुटको उत्सव” अभियान अन्तर्गत निश्चित अनर स्मार्टफोन र सहायक उपकरणहरूको मूल्यमा आकर्षक छुटको समेत व्यवस्था गरेको छ । जसअन्तर्गत ग्राहकले अनर एक्स ९ ए स्मार्टफोन ४३ हजार ४९० रुपैयाँमा, अनर वाच ४ मात्रै १९ हजार ९९० मा अनरको ब्यान्ड ६ मात्रै ५ हजार ४९० मा र अनर एयरबड एक्स५ पाँच हजार ४९० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।