
दुई कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गोलाप्रथाबाट सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । हाथवे इन्भेष्टमेण्ट नेपालको आईपीओ शुक्रबार र भगवती हाइड्रोपावरको आईपीओ बिहीबार सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।
हाथवे इन्भेष्टमेण्ट कम्पनीको सेयर एचटीएचवाई (HATHY) सिम्बोलमा जम्मा भएको छ भने भगवती हाइड्रोपावरको आईपीओ बीजीडब्लूटी (BGWT) सिम्बोलमा जम्मा भएको छ । दुबै कम्पनीको सेयर नेप्सेमा भने सूचीकृत हुने प्रकृयामा रहेको छ । नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि मात्र कम्पनीको धितोपत्र खरिद बिक्रीमा आउनेछ ।
हाथवे इन्भेष्टमेण्टले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले भदौ २१ गते बिहीबारदेखि भदौ २५ गते सोमबारसम्म आवेदन खुलाएको थियो । कम्पनीको आईपीओ असोज २ गते मंगलबार बाँडफाँड भएको थियो । कम्पनीको सेयर १ लाख २१ हजार ३८७ जनाले २४ लाख २७ हजार ७५० कित्ता आइपीओ पाएका थिए । तीमध्ये भाग्यशाली १० जनाले थप १\१ कित्ताका गरी कुल २१ कित्ताका सेयर प्राप्त गरेका थिए भने १ लाख २१ हजार ३७७ जनालाई गोलाप्रथाबाट २० कित्ताका दरले २४ लाख २७ हजार ५४० कित्ता सेयर बाँडफाँड गरिएको थियो । १० जनालाइ २१ कित्ताका दरले २१० कित्ता सेयर बाँडफाँड गरिएको थियो । यस्तै कम्पनीले कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि निष्कासन गरेको आईपीओमा २० कित्तादेखि एक लाख कित्तासम्म आवेदन दिने २७ हजार २३१ जना आवेदकमध्ये १४ हजार ६२५ जनालाई गोलाप्रथा मार्फत २० किताका दरले बाँडफाँड गरिएको छ ।
यस्तै भगवती हाइड्रोपावरले भदौ ५ गतेदेखि ८ गतेसम्म आवेदन खुलाएको थियो । कम्पनीको आइपीओ भदौ १८ गते बाँडफाँड भएको थियो । उक्त कम्पनीको आइपीओ ७१ हजार २२२ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पारेका थिए । यता वैदेशिक रोजगारीमा रहेकाले ११६ रुपैयाँ दरको ८ लाख ५८ हजार ९७ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता साधारण सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि बाँडफाँड गरेको थियो भने ५ लाख ७२ हजार ६५ कित्ता सेयर अयोजना प्रभावित कास्कीका स्थानीयलाई बासिन्दालाई बाँडफाँड गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया