अरुण काबेली पावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँको १०० प्रतिशत अर्थात् शत प्रतिशत सेयर निष्काशन गरेको थियो ।
कम्पनीले उक्त निष्काशनमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको २० लाख १४ हजार ८१७ कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।
सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन । सो सेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले असोज ३० गतेदेखि कात्तिक १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर बाँडफाँड गर्दा सबै भन्दा बढी प्रति सेयर मूल्य कबुल गर्ने बोलपत्रदातालाई सेयर बाँडफाँड गरिने छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगरको रंगेलीरोड, महोत्तरीको जलेश्वर, ललितपुरको सातदोबाटो, भक्तपुरको सुर्यविनायक, कास्कीको पोखरा, बाँकेको कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया